• ७ असोज २०८३, बुधबार
  • ११ः२३ राती

११ किलो सुन घोटाला आशंकामा जलहरी जाँच्न अख्तियारको टोली पशुपतिमा

प्रकाशित मिति

२०८० असार १० गते, आईतवार ०४:२७

१० असार २०८०, काठमाडौँ: पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीमा परिमाणभन्दा कम सुन भएको आशंका देखिएपछिअख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ । त्यसकै लागि अख्तियारको टोली आज पशुपतिनाथ मन्दिरमा पुगेको छ। जलहरी राख्दा अनियमितता भएको बाहिर आएपछि त्यसबारे अख्तियारमा उजुरी परेको थियो।

National Life

जलहरीमा ११ किलो सुन हुनुपर्नेमा कम परिणाम राखेर अनियमितता भएको भन्ने खालको प्रश्न उठिरहेको छ । पछिल्लो समय त्यो विषयमा दबाब परेपछि अख्तियारले छानबिन अघि बढाएको हो । अख्तियारको टोलीले पशुपतिनाथमा पुगेर नापजाँच गरेको छ ।


टोलीमा खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधि पनि संलग्न भएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

टोलीले जलहरीको तौल, सुनको गुणस्तर, तोकिएभन्दा कम रहे-नरहेकोलगायत विषयमा छानबिन गर्न लागेको छ । यस विषयमा थप जानकारी पछि सार्वजनिक गर्ने अख्तियारका प्रवक्ता भोला दाहालले बताए।

प्रतिकृया