• ६ असोज २०८३, मंगलबार
  • १२ः४२ दिउँसो

भारत जाँदै गरेको कारभित्र भेटियो दुई किलो सुन, समातिए चालक

प्रकाशित मिति

२०८० असार १० गते, आईतवार १०:४९

१० असार २०८०, काठमाडौँ: रुपन्देहीमा सशस्त्र प्रहरीले कारमा सुन लिएर भारत जाँदै गरेको एक व्यक्तिलाई पक्राउ गरेको छ । रुपन्देहीको सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) ले शनिबार राति लुम्बिनी सांस्कृतिक नगरपालिका–१३, कालीदहबाट २ किलो सुनसहित कार र चालकलाई नियन्त्रणमा लिएको हो ।

National Life

सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार विशेष सूचनाका आधारमा भारततर्फ जाँदै गरेको बा. १२ च. ३८२० नम्बरको मारुती सुजुकी कार चेकजाँच गर्दा सुन फेला परेपछि चालक दाङको घोराही नगरपालिका–१० का हुमानन्द गिरीलाई पक्राउ गरिएको हो ।


गियर बक्समा फल्स बटम बनाएर लुकाईछिपाई राखिएको अवस्थामा इँटा आकारको २ थान सुन बरामद भएको उनले बताए । सुनको १ करोड ८८ लाख २७ हजार, कारको १५ लाख गरी जम्मा २ करोड ३ लाख २७ हजार रुपैयाँ मूल्य कायम गरी दुवै चिज भैरहवा भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया