आजदेखि जसपाको विधान अधिवेशन सुरु
प्रकाशित मिति
२०८० असार १० गते, आईतवार ०८:२१
१० असार २०८०, काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा )नेपाल को विधान अधिवेसन आजबाट सुरू हुँदैछ । आजदेखि सुरु हुने विधान अधिवेसनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदनका लागि हिजो केन्द्रीय समिति बैठक बसेको थियो ।
उक्त बैठकले अनुमोदन गरेको मस्यौदा आज विधान महाधिवेसनमा पेश हुन लागेको हो । जसपाका प्रवक्ता मनिष सुमनका अनुसार सो अधिवेसन आजदेखि नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सुरु हुनेछ । संघीय परिषद खारेज गरिएको प्रस्तावित विधानमार्फत जसपा नेपाल पुनः एकल नेतृत्वतर्फ फर्किँदै छ ।
आजको बैठकमा केन्द्रीय कमिटीका ४ सय १० सदस्य साथै प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठन लगायतबाट देशभरी तथा प्रवाससमेत गरी करिव ८०० प्रतिनिधिहरु सहभागी हुँदैछन् ।
विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरुलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । र, १२ गते विधानमाथि नेताहरुले धारणा राख्ने गरी कार्यतालिका बनाईएको छ ।
प्रतिकृया