• १० असोज २०८३, शनिबार
  • ७ः०२ बिहान

मेहनतका बाबजुद परिणाम आएन, सँगै खाना खाने गरी भेटौँला : अध्यक्ष केपी ओली

प्रकाशित मिति

२०८० असार १० गते, आईतवार ०७:५६

१० असार २०८०, काठमाडौँ : आईसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगितामा समूह चरणबाटै बाहिरिएको नेपाली क्रिकेट टिमलाई पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी ओलीले ढाडस दिएका छन् ।

National Life

मेहनतका बाबजुद पनि परिणाम नआएको भन्दै उनले निराश नहुन नेपाली खेलाडीहरूलाई आग्रह गरेका छन् । साथै ओलीले नेपाल फर्केपछि सँगसँगै खाना खानेगरी भेट्ने प्रतिबद्धता पनि जनाएका छन् ।


सामाजिक सञ्जालमा ओलीले लेखेका छन् :

Classic Tech Mobile
Classic Tech Desktop

यात्रा जारी छ ! हिजो मैले नेपाली टिम र नेदरल्याण्डबीचको खेल लाईव हेरेँ। मोबाइलमा इन्टरनेट स्लो भएर केही डिस्टर्ब भयो, तैपनि हेरेँ। आइसीसी एक दिवसीय क्रिकेट विश्वकपमा सहभागी हुन त हामीले पाएनौँ। मेहनत जननी हो भने परिणाम शिशु। कहिलेकाहीँ मेहनतका बाबजुद पनि परिणाम प्राप्त नहुन सक्छ।यसबाट निराश हुनु हुँदैन। परिणाम हामीले सोचेजस्तो नभए पनि नेपाली टिमको मेहनत कमजोर थिएन। मेहनतका लागि धन्यवाद नेपाली क्रिकेट टिम ! नेपाल फर्केपछि सँगसँगै खाना खानेगरि भेटौँला। एउटा असफलता यात्राको अन्त्य होइन, हाम्रो यात्रा जारी छ।

प्रतिकृया