• १३ असोज २०८३, मंगलबार
  • ४ः०५ बिहान

मानव तस्करीविरूद्ध छुट्टै कानुन नहुँदा अपराधमा संलग्न व्यक्तिलाई कारवाही गर्न समस्या भयाे

प्रकाशित मिति

२०८० असार ८ गते, शुक्रबार ११:०६

८ असार २०८०, काठमाडौँ : मानव बेचविखन तथा मानव तस्करीविरूद्ध छुट्टै कानुन नहुँदा यस्तो जघन्य अपराधमा संलग्न व्यक्ति , समुहलाई अपराध अनुसारको कारवाही गर्न समस्या भएको सरोकारवालाले बताएका छन् । मानव बचेविखन विरूद्ध काम गर्ने संस्थाहरूको सञ्जाल एटविनद्वारा राजधानीमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले हाल मानव बेचविखनको प्रकृति फेरिएको वैदेशिक रोजगारीको नाममा नेपाली, पुरूष-महिलालाई प्रसस्त पैसा लिएर वा नलिएर विदेशको भूमिमा पु¥याएर अलपत्र पार्ने क्रम बढेको तर यस विरूद्ध कानुनकै अभावमा त्यस्ता अपराधीक गतिविधीमा संलग्न व्यक्तिहरू विरूद्ध उजुरी परिहालेमा साधारण सजायँ र थोरै धरौटीमा छुटिरहेको बताएका हुन् ।

National Life

कार्यक्रममा अधिकारकर्मी डा. मीना पौडेलले मानव बेचविखन तथा मानव तस्करी बीचको भिन्नता, सम्वन्ध र आगामी दिनमा यसको सम्वोधनका लागि पहलको आवश्यकता विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले राम्रो राजनीतिक नेतृत्वको अभावमा नेपाली युवालाई यो देश खत्तमै छ, भन्ने विश्वास बढेको, जुनसुकै निकायमा पुगेपनि अनावश्यक झन्झट दिएर दुःख दिने, रोजगारी सिर्जना नहुनु र रोजगारी पाइहाले पनि बढ्दो महब्गीका कारण निर्वाह हुने तलबको अभावमा धेरै जना वैदेशिक रोजगारीप्रति आकर्षित हुने प्रवृत्तिको फाइदा उठाएर मानव तस्कर हुने क्रम बढेको बताउनुभयो ।


कार्यक्रममा मानव वेचविखन विरूद्धको व्युरोका प्रहरी उपरिक्षक नरहरि रेग्मीले बेरोजगारी, अनिश्चित भविष्य, महब्गीलगायत विविध कारणले बढेको वैदेशिक रोजगारी र गरिबी, साथीको जीवनशैली हेर्दै लोभिएर आन्तरीक वेचविखन तथा मानव तस्करको फन्दामा परेर नेपालीले पाएको दुःख विरूद्ध कडा कानुनको अभाव रहेको विचार व्यक्त गर्नुभयो ।

Classic Tech Mobile
Classic Tech Desktop

सो अवसरमा एटविनका कार्यकारी निर्देशक वेनुमाया गुरूबले वैदेशिक रोजगारीमा नजाउ भन्ने स्थिति छैन, तर व्यवस्थित कागजात, श्रम स्वीकृतीको आधारमा मात्र जाने अवस्थाको जानकारी नै नहुँदा थुप्रै नेपाली मानव बेचिविखन तथा मानव तस्करको फन्दामा परेर दुःख पाउने क्रम दिन–दिनै बढिरहेको बताउनुभयो ।


उहाँले यस विरूद्ध काम गरेको थुप्रै वर्षको अनुभवमा कानुनको अभाव, शिक्षित र सचेत नागरिक पनि प्रलोभनमा पर्ने वा वाध्यताले समेत धोका पाएको र फितलो कानुनका कारण अपराधी सधैं उम्किने वातावरण बनेको बताउनुभयो ।

प्रतिकृया