• ११ असोज २०८३, आइतबार
  • १ः५३ राती

संवैधानिक निकायलाई सरकारले नै निरही बनायो : मधेशी आयोग अध्यक्ष डा.दत्त

प्रकाशित मिति

२०८० असार ७ गते, बिहीबार ०४:१८

७ असार २०८०, काठमाडौँ: संवैधानिक आयोहरुलाई सरकारले नै निरही बनाएको मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले बताएका छन् | विहिबार प्रतिनिधि सभा अन्तर्गत रहेको महिला तथा सामाजिक मामिला समिति संगको छलफलमा बोल्दै अध्यक्ष डा.दत्तले संवैधानिक आयोगहरु नेपाल सरकारको मातहात निकाय नभएर सरकारलाई खबरदारी गर्ने निकाय भएपनि सरकारले आफ्नो अन्तर्गतको निकाय जस्तो व्यवहार गर्नु दुख्दा रहेको बताएका छन् |

National Life

सो छलफलमा बोल्दै अध्यक्ष डा.दत्तले अत्याधिक न्यून बजेट र सिमित स्रोत साधनको बीच पनि मधेशी आयोगले आफ्नो संबिधान प्रदत्त अधिकारलाई उपयोग गरी अहोरात्र मधेशी समुदायको सशक्तिकरणको लागि काम गरिरहेको जानकारी दिएका छन् | आयोग संग मधेशी समुदायको धेरै नै अपेक्षा भएपनि सरकारको नियतले गर्दा आयोगको हात खुट्टा बाधिएको अवस्था सिर्जना हुनु निकै चिन्ताजनक विषय रहेको समेत बताएका छन् |


आयोगले नेपालको इतिहासमा पहिलो पल्ट औपचारिक रुपमा “मधेशी” शब्दको परिभाषा. मधेशी समुदायको राज्यमा पहुचं, मधेशी समुदायको थर सूचीकरण जस्ता ऐतिहासिक कामहरु गरेको समेत अध्यक्ष डा.दत्तले जानकारी दिएका छन् |

Classic Tech Mobile
Classic Tech Desktop

आयोगको तर्फ बाट अध्यक्ष डा.दत्तले संवैधानिक निकायहरु स्वायत र स्वतन्त्र निकाय भएकोले गर्दा सोही अनुसार काम गर्न दिने कुरालाई संसदमा राखिदिन समितिका सदस्यहरुलाई अनुरोध गरेका छन् | सो छलफलमा समितिका सभापित, सदस्य, मधेशी आयोगका सदस्यहरु, सचिव सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो |

प्रतिकृया