• १३ असोज २०८३, मंगलबार
  • ७ः२० बिहान

सूर्यबिनायक–८ वडा कार्यालयमा रास्वपा वडा कमिटिले बुझायो ज्ञापन पत्र

प्रकाशित मिति

२०८० असार ७ गते, बिहीबार ०३:०५

७ असार २०८०, भक्तपुरः राष्ट्रिय स्वतन्त्र पार्टी‌ सूर्यबिनायक नगरपालिका वडा नं ८ को वडा कमिटिले वडामा भएका विकास निर्माण योजनाहरुमा मनपरी ढंगले अघि बढेको आरोप लगाउँदै सुर्यबिनायक नगरपालिका वडा नं. ८ का वडाध्यक्षलाई ज्ञापन पत्र बुझाएको छ । वडा कार्यालयमा वडा समितिका सभापति मुरारी बस्नेतको नेतृत्वले बिहीबार वडाध्यक्ष पुष्पराज बस्नेतलाई ज्ञापन पत्र बुझाएको हो ।

National Life

सरकारी पर्ती जग्गा भूमाफियाले अतिक्रमण गर्दा समेत जगाको संरक्षण र दोषीलाई कारवाहीमा वेवास्ता गरेको वडा समितिका सभापति बस्नेतले आरोप लगाए । हालसम्म भएका विकासका गतिबिधिको लागतबारे समेत जानकारी गराउन रास्वपाले माग गरेको छ ।


स्थानीयले बिरोध गर्दा गर्दै पनि सो को वेवास्ता गर्दै विगत लामो समयदेखि निरन्तर अनियमित रुपमा माटो, ढुंगा अवैध रुपमा ओसारपसार भैरहेको भन्दै सो को अनुमति वा कानुनी आधार भए सो को प्रति ट्रिप कति रुपैयाँमा अनुमति दिएको र हालसम्म कति राजस्व उठेको छ सो को जानकारी सार्वजनिक गर्न माग गरेको सभापति बस्नेतले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै, डाँडापाखामा डोजर लगाएर प्राकृतिक सौन्दर्यता नै मासिने गरी अवैध रुपमा भैरहेको ढुंगा माटो कटानबाट भू–क्षय हुन गई बाढी पहिरो जस्ता प्रकोपले धन जनको क्षति हुन गएमा त्यसको जिम्मेवार कसले लिने भन्दै राजस्वाले वडाध्यक्षको ध्यानाकर्षण गराएको छ ।


खेलाडीले पटक पटक अनुरोध गर्दा पनि खेलकूदको विकास र कभर्ड हल निर्माणमा चासो नदेखाएको, विद्यालयमा राजनीतिकरण गरेको लगायत १९ बुँदे माग राखेको सभापति बस्नेतले बताए ।

यस्तो छ १९ बुँदे माग :

प्रतिकृया