• १० असोज २०८३, शनिबार
  • १०ः५८ राती

आदिपुरुषका पटकथा लेखक मनोज मुंतशिर भन्छन्- नेपाल सन् १९०३ अगाडि भारतकै अंश

प्रकाशित मिति

२०८० असार ३ गते, आईतवार १२:२६

३ असार २०८०, काठमाडौँ: विभिन्न विवादका बाबजुद आदिपुरुष नेपाल लगायत विश्वमा रिलिज भयो । हालै आदिपुरुषका पटकथा लेखक मनोज मुंतशिरले नेपाल सन् १९०३ अगाडि भारतकै अंश भएको बताएर नेपालीलाई फेरि चिढाउने काम गरेका छन् । उनले भारतीय टेलिभिजन आजतकसँगको अन्तर्वार्तामा यस्तो बताएका हुन् । मनोजले जानकी भारतकी छोरी रहेको बताउँदै यो कुरा नेपालीले बुझ्न नसकेको दावीसमेत गरे ।

National Life

आजतकसँगकाे कुराकानीमा उनले भनेका छन्, ‘सीता भारतकी छोरी हुन् भन्ने कुरा गर्दा नेपाल भारतको हिस्सा थियो । सन् १९०३ वा ४ को कुरा हो, त्यसबेला नेपाल भारतबाट अलग भएको हो। भारत नै थियो नेपाल। यो हिसाबले त सीता भारतकै छोरी थिइन् । नेपालीले किन विराेध गरिरहेकाे छ? नेपालीको चिन्ता मैले यसकारण बुझ्न सकेको छैन ।’


गत बिहीबार काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह ‘बालेन’ले आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने संवादलाई नसच्याएसम्म काठमाडौँ महानगरपालिकाको कुनै पनि हलमा हिन्दी फिल्म चल्न नदिने चेतावनी दिएका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने (संवाद) वाक्यांश हटाएपछि बल्ल ‘आदिपुरुष’ले प्रदर्शन अनुमति पाएको हो। यद्यपि बालेनकाे अडानबमोजिम आदिपुरुष विश्वभरिका कपीहरूबाट उक्त संवाद हटाइएको होइन । नेपालमा प्रदर्शन गरिने कपीमा मात्र उक्त संवाद हटाइएको छ ।


सामान्य इतिहासकाे समेत ज्ञान नभएकाले बनाएकाे फिल्म कस्ताे हाेला भन्दै मनाेजकाे चाैतर्फी आलाेचना भइरहेकाे छ । आलाेचना नेपालमा मात्र नभइ भारतमा पनि भइरहेकाे छ । यता, हिन्दु सेनाका राष्ट्रिय अध्यक्ष विष्णु गुप्ताले चलचित्र प्रतिबन्ध गर्न माग गर्दै दिल्ली उच्च अदालतमा रिट दायर गरेका छन् ।

प्रतिकृया