• १० असोज २०८३, शनिबार
  • ८ः४२ राती

हिजाे राति आएको बाढीपहिरोबाट भएको क्षतिबारे प्रधानमन्त्रीलाई ध्यानाकर्षण

प्रकाशित मिति

२०८० असार ३ गते, आईतवार ११:३८

३ असार २०८०, काठमाडौँ : पाँचथरमा, ताप्लेजुङ र सङ्खुवासभाको हेवाखोलामा गए राति आएको बाढीले पुर्याएको क्षतिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराइएको छ । हिजाे राति पूर्वी नेपालमा आएको भारी वर्षाका कारण बाढी र पहिरोबाट भएको धनजनको क्षतिप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् ।

National Life

वर्षाका कारण बाढी र पहिरो आउँदा सङ्खुवासभामा १७, पाँचथरमा ६ र ताप्लेजुङमा ४ जना बेपत्ता भएका छन् ।


सङ्खुवासभाका प्रतिनिधिसभा सदस्य दीपक खड्का नेतृत्वको टोलीले आज बिहान प्रधानमन्त्री दाहाललाई भेटेर सङ्खुवासभामा भएको क्षतिका बारेमा अवगत गराउँदै सरकारले क्षतिको निरीक्षण गर्न आग्रह गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

भेटमा सांसद खड्काले सङ्खुवासभामा आएको बाढीले दर्जनौँ जलविद्युतगृहमा क्षति पुग्दा राज्यलाई अरबौँको क्षति हुनुका साथै जलविद्युतगृहमा कार्यरत मजदुरसमेत बेपत्ता भएको प्रधानमन्त्री दाहाललाई अवगत गराएका थिए । साथै उनले क्षतिको निरीक्षण गरी उद्धार र राहतका लागि सरकारबाट पहल गर्न आग्रह गरेका छन् ।।


सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ भने सुपर हेवाखोला हाइड्रोपावरमा काम गर्ने १६ मजदुर सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुलमा क्षति पुर्‍याएकाे छ ।

प्रतिकृया