• १० असोज २०८३, शनिबार
  • ३ः१८ दिउँसो

लागु पदार्थ सेवन गरी मोटरसाइकल चलाउने ५ जना चालक ट्राफिकप्रहरीको नियन्त्रणमा

प्रकाशित मिति

२०८० जेष्ठ २८ गते, आईतवार ०१:३४

जेठ २८, २०८०, काठमाडौँ : ललितपुरको बाँडेगाउँमा शुक्रबार गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवन गरी मोटरसाइकल चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

National Life

नियन्त्रणमा आउनेहरूमा बागमती प्रदेश ०२-०३३ प ३४ ०१ नम्बरका मोटरसाइकल चालक बाँके घर भई हाल ललितपुरको हात्तीवन बस्ने २२ वर्षीय अंकित महत, सुदुरपश्चिम प्रदेश ०१-०१० प १५ ०६ नम्बरका मोटरसाइकल चालक अर्घाखाँचीको मालारानी गाउँपालिका ६ घर भई हाल शंखमुल बस्ने २० वर्षीय अनिल बस्नेत, बा ९८ प ९४ १२ नम्बरका मोटरसाकल चालक ललितपुरका २३ वर्षिय अमित कार्की, बा १९ प ३४ ७२ नम्बरका मोटरसाइकल चालक ललिपुरको बाँडेगाउँ बस्ने १८ वर्षीय एलिस महर्जन र प्रदेश ३-०२-००२ प ७७ ४३ नम्बरका मोटरसाइकल चालक मोरङको बिराटनगर घर भई हाल चावहिल बस्ने २७ वर्षीय सुमन खड्का रहेका छन् ।


नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त सातदोबाटो पठाइएको छ ।नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक प्रहरी परिसर सातदोबाटो, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएका संयुक्त टोलिले हिजो ललितपुरको बाँडेगाउँमा सवारी साधनलाई चेक गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा निन्दनीय कार्य भएको र यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभइ यात्रुहरूको जिवन समेत जोखिममा पर्ने भएकाले कारबाही अभियानलाई तिब्रता दिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताउनुभयो । भाडाका सवारी साधन चलाउने चालकहरूले समेत लागुपदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएकाले आफु सवार सवारी साधनका चालकले लागुपदार्थ तथा मादक पदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय , ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।

प्रतिकृया