• १९ भदौ २०८३, शुक्रबार
  • १२ः४६ दिउँसो

आइएमई पे मार्फत एयरलाइन्स टिकट काट्दा रु १२५ क्यासब्याक

प्रकाशित मिति

२०८० जेष्ठ १० गते, बुधबार १२:१०

१० जेठ २०८०, काठमाडौँ : आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब रु १२५ं क्यासब्याक पाउने भएका छन् । आइएमई पे मार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको रु ७५ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको ‘BONUS’ नामक प्रोमोकोड प्रयोगमा थप रु ५० गरि कम्तिमा रु १२५ं वा सो भन्दा बढी क्यासब्याक पाउन सक्ने छन्।


उक्त प्रोमोकोड जेठ ०७ देखि असार ०६, २०८० सम्म प्रत्येक ग्राहकले एक पटक मात्र प्रयोग गर्न पाउने छन् ।

Kamana Sewa

आइएमई पेको बारेमा:
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित आइएमई पे मोबाईल वालेट
एप एक विद्युतीय भुक्तानी सेवा प्रदायक हो। “आइएमई पे” आइएमई ग्रुपको डिजिटल वित्तिय सेवा प्रदायक अन्तर्गतको
एक उत्पादन हो। नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट्ट विनियमावली( २०७२ बमोजिम आइएमई डिजिटलले
दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाईल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो।

Classic Tech Desktop

प्रतिकृया