प्रदेशस्तमै सर्वोत्कृष्ट बन्न सफल भक्तपुर अस्पताल

प्रकाशित मिति

२०८० जेष्ठ ९ गते, मंगलवार ०८:१८

bhakatpur hospital e1684809233853

८ जेठ २०८०, काठमाडौँ : बागमती प्रदेशमातहत रहेको भक्तपुर अस्पताल सर्वोत्कृष्ट अंकसहित प्रदेशस्तमै उत्कृष्ट अस्पतालमा भएको छ । स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा आएको सरकारी मूल्याङ्कन टोलीले गरेको मूल्याङ्कनअनुसार प्राप्त अङ्कका आधारमा भक्तपुर अस्पताल सबैभन्दा धेरै ९७ अङ्क प्राप्त गरी बागमती प्रदेशभित्रका अस्पतालमध्ये सर्वोत्कृष्ट बन्न सफल भएको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सुमित्रा गौतमले मातृभूमिन्युज डटकमका संवाददाता सुमित्रा अधिकारीलार्इ बताइन ।


शनिबार बिहान एक समीक्षा कार्यक्रमसहित मूल्यांकन समितिले तयार पारेको नतिजा सार्वजनिक गरिएको हो । अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा. पवन साह, कान्ति बाल अस्पतालकी नर्सिङ प्रमुख रोशनी तुइतुई, स्वास्थ्य विभागकी मीरा निरौलालगायतको मूल्यांकन टोलीले मूल्यांकन गरेको थियो । अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतमले सिंगो टिमको सही मूल्यांकन भएको बताइन् ।


त्यसैगरी, अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष रमण कायस्थले अस्पतालको सेवालाई थप जनमुखी र सुविधासम्पन्न बनाउन मूल्यांकनले हौसला प्रदान गरेको बताए ।


विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीका नामबाट सुरु भएको पुरानो इतिहास बोकेको भक्तपुर अस्पताल वीर अस्पतालपछिको दोस्रो पुरानो अस्पताल हो । मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुमित्रा गौतम नेतृत्वमा आएपछि प्रदेश सरकारको सहयोगमा एक सय १६ वर्षपछि भक्तपुर अस्पतालले आइसियू सेवा सुरु गर्न सफल भएको देखिन्छ । आधादर्जन भेन्टिलेटरसहित आइसियू सेवा सञ्चालन गर्न सफल भएपछि अस्पतालको साख ह्वात्तै बढेको छ भने दुई दर्जन बेडसहित अस्पतालले एचडियू सेवासमेत सुरु गरेको छ । त्यति मात्र होइन, भक्तपुर अस्पतालमा ल्याप्रोस्कोपी सर्जरीसमेत सुरु भएको छ ।

प्रतिकृया