• २० भदौ २०८३, शनिबार
  • ९ः४६ बिहान

आज नेप्से ८.१० अंकले बढ्यो

प्रकाशित मिति

२०८० जेष्ठ ८ गते, सोमबार ०४:१८

८ जेठ २०८०, काठमाडौँ : नेप्से ८.१० अंकले बढेको छ । कारोबार समयमा केही घटेपनि अन्तिम समयसम्ममा परिसूचक बढ्दै १८९१ अंकमा पुगेर रोकिएको हो । यस क्रममा आज १३३ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ७८ वटा कम्पनीको मूल्य घटेको छ ।

National Life

यस क्रममा आज १ अर्ब २७ करोड ८७ लाख रुपैयाँ बराबरको ३४ लाख ९५ हजार कित्ता सेयर किनबेच भएको छ । नेप्से ८ अंकले बढेको दिन आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढ्दै १२ सय ४२ रुपैयाँमा पुगेको छ । यस्तै, युनिलिभर नेपालको सेयर मूल्य ७ प्रतिशतले बढेर २६ हजार ७०० रुपैयाँ पुगेको छ ।


यस्तै, आज शिवम् सिमेन्टको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको सेयर ७ करोड ३४ लाख रुपैयाँको कारोबार भएको हो । यसपछि सोल्टी होटलको सेयर ६ करोड १७ लाख रुपैयाँको किनबेच भएको छ ।

Classic Tech Desktop

परिसूचक बढेपनि आज व्यापार र बैंक समूहको सूचकमा भने गिरावट आएको छ । व्यापार समूह २० अंकले र बैंक समूह ०.२९ अंकले घटेका छन् । यसबाहेक आज कारोबार भएका सबै समूहको उपसूचक बढेका छन् ।

प्रतिकृया