नीति तथा कार्यक्रम पुनर्लेखन गर्न हिच्किचाउनु हुँदैन : राजेन्द्र लिङ्देन
प्रकाशित मिति
२०८० जेष्ठ ८ गते, सोमबार ०३:५५

८ जेठ २०८०, काठमाडौँ : राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा पेस भएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएका छन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम माथिको छलफललमा सहभागी हुँदै उनले प्रस्तुत नीति तथा कार्यक्रमले अहिलेको आर्थिक समस्या समाधानदेखि देशको समृद्धिमा काम गर्न नसक्ने भन्दै पुनर्लेखन गर्नु हिच्किचाउन नहुने बताए ।
‘यो नीति तथा कार्यक्रम सामान्य अवस्थामा, ठीकठाक अवस्थामा ल्याउनेजस्तो छ र धेरै कुराहरु प्रष्ट छैन, यसले समस्या पहिचान गर्न सकेको छैन, प्राथमिकता छुट्याउने कोशिस नै गरेको छैन र छलफल गर्नुपर्ने प्रशस्त विषय छ’ उनले भने ।
सरकार पक्षले आफूहरुसँग बहुमत छ र पास गर्छौं भन्न पाउने भन्दै लिङ्देनले तर यो देश सत्तापक्षको मात्र होइन भन्ने ख्याल गर्न आग्रह गरे । ‘देश सरकारमा बस्नेको मात्र होइन, यो देश बिग्रिदा सरकारमा बस्नेहरुको मात्र बिग्रिदैन देश हाम्रो पनि बिग्रन्छ । हाम्रो भावी पुस्ताको पनि बिग्रन्छ । त्यसकारण नमिलेको विषय फेरि लेखेर ल्याउन अप्ठेरो मान्न हुन्न, यसलाई पुनर्लेखन गर्न जरुरी छ ।’
नीति तथा कार्यक्रमले मान्छेको जीवनमा फरकपन ल्याउनुपर्ने लिङ्देनले बताए ।
प्रतिकृया