• ४ साउन २०८३, सोमबार
  • ७:३६ बेलुका

सिटिजन्स बैंकका ग्राहकले दृश्य लाउन्जमा १५ प्रतिशतसम्म छुट पाउने

प्रकाशित मिति

२०८० जेष्ठ २ गते, मंगलवार ०४:५७

जेष्ठ २, २०८०, काठमाडौँ : सिटिजन्स बैंक इन्टरनेसनल र दृश्य लाउन्जबीच बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा हस्ताक्षर पछि बैंकका कार्डबाहकहरूले दृश्य लाउन्जमा १५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन्।


यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ। बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालन गर्दै आएको बताएको छ।

Kamana Sewa

डिजिटल कारोबार गर्दा पाइने छुटसम्बन्धी विस्तृत विवरणहरू बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

Classic Tech Desktop

बैंकले देशैभरी १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा एटिएम, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ इकाईबाट करिब १५ लाख ४० हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिकृया