रवि लामिछानेले पार्टीको झण्डा नबोकी भ्रष्टाचार विरुद्धको अभियानमा सहभागी हुन आह्वान
प्रकाशित मिति
२०८० बैशाख २९ गते, शुक्रबार १२:०२
२९ वैशाख २०८०, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भ्रष्टाचार देशको साझा दुश्मन भएको बताएका छन् । भ्रष्टाचारविरुद्ध सबै नेपाली नागरिक एकजुट हुनुपर्नेमा जोड दिँदै लामिछानले वैशाख ३० गते राजधानीमा आयोजित भ्रष्टाचारविरुद्धको अभियानमा सहभागी हुन आह्वान गरेका छन् ।
उनले राम्रो काम जसले गरेपनि सघाउनु पर्ने धारणा राख्दै रविले देशभर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा, नारा नबोकी सकेसम्म सहभागी हुन आग्रह गरेका छन् ।
‘भ्रष्टाचार यो देशको साझा दुश्मन हो।त्यसैले म दलको नेता भएर होइन सचेत नागरिक भएर यही कार्यक्रममा सहभागी हुँदैछु’, शनिबार आयोजित भ्रष्टाचारविरोधी अभियानको पोस्टर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले भनेका छन्, ‘राम्रो काम जसले गरेपनि सघाउनुपर्छ।देशभर यस्ता कार्यक्रम जहाँ जसले गरेपनि पार्टीको झण्डा,नारा नबोकी रास्वपा समर्थकहरु सकेसम्म सहभागी हुनुहोला।’






प्रतिकृया