• २५ जेठ २०८३, सोमबार
  • १०:५१ बिहान

टुकुचा क्षेत्रका जग्गाको लगत कट्टा गर्न मन्त्रालयलाई महानगरको पत्राचार

प्रकाशित मिति

२०८० बैशाख २६ गते, मंगलवार १२:२२

२६ वैशाख २०८०, काठमाडौँ : काठमाडौं महानगरपालिकाले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ । उच्च अदालत पाटनले कानुनी प्रक्रिया पूरा गरेर व्यक्तिको जग्गाको लगत कट्टी गरेर टुकुचाको नाममा फर्काउन आदेश दिएपछि दशकौँदेखि जमिनमुनि दबिएको टुकुचालाई खुला गर्न महानगरले सोमबार मन्त्रालयलाई पत्राचार गरेका हो ।


महानगरप्रमुख बालेन्द्र साहको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले टुकुचा खोला र खोलाको बहाव क्षेत्रभित्र व्यक्तिका नाममा रहेको जग्गाको लगत कट्टा गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई पत्राचार गरेको छ।

Kamana Sewa

पत्रमा भनिएको छ,’हात्तीसार क्षेत्रमा टुकुचा खोला खोलाको बहाव क्षेत्रभित्रको जग्गा त्रुटिवश व्यक्तिविशेषको नाममा दर्ता कायम रहन गएको देखिएको हुँदा यथाशीघ्र व्यक्तिविशेषको नाममा दर्ता रहेको जग्गा लगत कट्टा गर्ने र सार्वजनिक प्रयोजनमा रहने गरी प्रबन्ध गर्ने सम्बन्धमा आवश्यक कारबाहीका लागि मालपोत ऐन, २०३४ को दफा २४ को प्रयोजनार्थ अनुरोध गरिन्छ।’

Classic Tech Desktop

प्रतिकृया