• १९ भदौ २०८३, शुक्रबार
  • १२ः१६ राती

उपचारका क्रममा बिते रवि लामिछानेका चालक

प्रकाशित मिति

२०८० बैशाख १९ गते, मंगलवार ०३:३३

वैशाख १९, २०८०, काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालकको निधन भएको छ। घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो।


अस्पताल स्रोतका अनुसार दिउँसो २ बजेतिर उनको मृत्यु भएको हो। आफन्तले उनको शव अस्पतालबाट लिएर गइसकेका छन्। वैशाख ४ गते उपनिर्वाचनका लागि चितवन गएका बेला थापा भरतपुरस्थित लामिछानेको घरको छतबाट खसेका थिए। उनलाई एयरलिफ्ट गरी मेडिसिटी अस्पताल ल्याइएको थियो।

Kamana Sewa

प्रतिकृया