प्रहरी महानिरीक्षकले दिए क्रिकेट टिमलाई बधाई

प्रकाशित मिति

२०८० बैशाख १९ गते, मंगलवार ०३:००

DSC 9582 e1683022631742

वैशाख १९, २०८०, काठमाडौँ : नेपाली क्रिकेट टिमलाई एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेकोमा प्रहरी महानिरीक्षकले बधाई दिएका छन् । सामाजिक सञ्जाल मार्फत आईजीपी वसन्त कुँवरले बधाई दिएका हुन् । उनले भनेका छन्– ‘नेपाली क्रिकेट टिमलाई हार्दिक बधाई ।’


कीर्तिपुर स्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार सम्पन्न खेलमा चिर प्रतिद्वन्द्वी युएईलाई ७ विकेटको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि चुमेको छ । सो जितसँगै यस्रै वर्ष पाकिस्तानमा आयोजना हुने एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले स्थान पक्का गरेको छ ।

प्रतिकृया