• ११ असोज २०८३, आइतबार
  • ७ः३३ बिहान

अयोग्य लडाकुलाई २ लाख दिने निर्णय आफ्नो नभएकाे प्रधानमन्त्री दाहालकाे दावी

प्रकाशित मिति

२०८० बैशाख १८ गते, सोमबार ११:३७

१८ वैशाख २०८०, काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहालले अयोग्य लडाकुलाई २ लाख रूपैयाँ दिने निर्णय आफ्नो नभएको दावी गरेका छन् । सोमबार बिहान चितवनमा संचारकर्मीसँग कुरा गर्दै उनले यस्ताे दावी गरेका हुन् । प्रधानमन्त्री दाहालले अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रूपैयाँ दिने निर्णय २०७१ सालमा नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले गरेको बताए । अहिले आफूले त्यसलाई कार्यान्वयन मात्रै गरेको उनकाे दावी छ।

National Life

२०७१ सालमा अयोग्य लडाकुलाई पैसा दिने निर्णय कार्यान्वयन पनि भएको उनकाे भनाइ थियाे। त्यो विषय अदालतसम्म पुगेको र अदालतले तत्काल कार्यान्वयन नगर्न आदेश दिएपछि पैसा दिने प्रक्रिया रोकिएको उनले बताए । उनले आफू प्रधानमन्त्री हुनुभन्दा केहीअघि पुनः अदालतले नरोक्न भनेपछि अयोग्य लडाकुलाई पैसा दिने निर्णय गरेको बताए ।


अहिले आफूले गरेको निर्णय भनिएर जसरी प्रचार गरिएको कुरा विल्कुल झुटो भएकाे उनले बताए । अदालतको फैसलालाई आधार बनाएर यो निर्णय कार्यान्वयन गरेको प्रधानमन्त्री दाहालले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया