रास्वपा पार्टीका रवि र स्वर्णिमले लिए शपथ, उपेन्द्रले पछि लिने
प्रकाशित मिति
२०८० बैशाख १५ गते, शुक्रबार १२:३२
१५ वैशाख २०८०, काठमाडौँ: नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछाने र स्वर्णिम वाग्लेले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सभामुख देवराज घिमिरेले लामिछाने र वाग्लेलाई शपथ गराएका हुन् ।
यही वैशाख १० गते भएको उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछाने र तनहुँ–१ बाट निर्वाचित रास्वपाकै डा. वाग्ले निर्वाचित भएका थिए ।
बारा–२ बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले भने आज शपथ नलिएको सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले मातृभूमि न्युजलाई जानकारी गराए । उनले भने, उहाँको आफ्नै केही समस्याले गर्दा उपस्थिति हुन सक्नुभएन । “उहाँ काठमाडौं भएर नभ्याउनु भएको हो कि के हो भनेर प्रश्न गर्दा काठमाडौं भए त आइहाल्नुहुन्थ्यो नि”, उनले भने । “उहाँको र सभामुखको अनुकूलतामा उहाँको शपथ कार्यक्रम निर्धारण गर्नेछौ”, उनले मातृभूमिन्युजसँग भने ।








प्रतिकृया