• 11:09 am

आयातमुखी अर्थतन्त्रले नेपाललाई समृद्ध बनाउन सकिदैंन : उद्योगमन्त्री रिजाल

प्रकाशित मिति

२०८० बैशाख १५ गते, शुक्रबार ११:४५

१५ वैशाख २०८०, काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आयातमुखी अर्थतन्त्रले नेपाललाई समृद्ध बनाउन नसकिने बताएका छन् । उनले बढ्दै गएको आयातलाई कम गर्दै स्वदेशी वस्तुको उत्पादन तथा उपयोग बढाएर मात्रै नेपाल र नेपालीलाई समृद्ध बनाउन सकिने बताएका हुन् ।


नेपाल ब्यूटिसियन संघकाे वीरगञ्जमा आयोजित चौथो राष्ट्रिय महाधिवेशको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विश्वका ठूला कम्पनीहरु नेपालमा आ–आफना शाखा विस्तार गर्न थालिसकेको बताउँदै उत्पादनमुखी बाटोले नै समृद्धिको गणतव्यसम्म पु¥याउने विश्वास गरेका हुन् ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनले आफू अनुकूल भएका मात्र राम्रो र अरूले मौका पाए नराम्रो भन्ने सोचले कांग्रेस मात्रलाई सबै राजनीतिक दललाई कमजोर बनाएकाे दावी गरे । उनले अहिले सबै दलमा ठूलो समस्याका रुपमा देखापरेको नेता तथा कार्यकर्ता बीचको अत्यधिक मत्वकाङ्क्षाले दललाई मात्र नभई प्रजातन्त्रलाई नै कमजोर पारिरहेको उनकाे दावी थियाे ।

प्रतिकृया