• १० असोज २०८३, शनिबार
  • १०ः५६ राती

आयातमुखी अर्थतन्त्रले नेपाललाई समृद्ध बनाउन सकिदैंन : उद्योगमन्त्री रिजाल

प्रकाशित मिति

२०८० बैशाख १५ गते, शुक्रबार ११:४५

१५ वैशाख २०८०, काठमाडौँ: उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आयातमुखी अर्थतन्त्रले नेपाललाई समृद्ध बनाउन नसकिने बताएका छन् । उनले बढ्दै गएको आयातलाई कम गर्दै स्वदेशी वस्तुको उत्पादन तथा उपयोग बढाएर मात्रै नेपाल र नेपालीलाई समृद्ध बनाउन सकिने बताएका हुन् ।

National Life

नेपाल ब्यूटिसियन संघकाे वीरगञ्जमा आयोजित चौथो राष्ट्रिय महाधिवेशको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले विश्वका ठूला कम्पनीहरु नेपालमा आ–आफना शाखा विस्तार गर्न थालिसकेको बताउँदै उत्पादनमुखी बाटोले नै समृद्धिको गणतव्यसम्म पु¥याउने विश्वास गरेका हुन् ।


नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका उनले आफू अनुकूल भएका मात्र राम्रो र अरूले मौका पाए नराम्रो भन्ने सोचले कांग्रेस मात्रलाई सबै राजनीतिक दललाई कमजोर बनाएकाे दावी गरे । उनले अहिले सबै दलमा ठूलो समस्याका रुपमा देखापरेको नेता तथा कार्यकर्ता बीचको अत्यधिक मत्वकाङ्क्षाले दललाई मात्र नभई प्रजातन्त्रलाई नै कमजोर पारिरहेको उनकाे दावी थियाे ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया