• १३ असोज २०८३, मंगलबार
  • ५ः२७ बिहान

वायु प्रदूषण बढेपछि अनिवार्य मास्कको प्रयोग गर्न विज्ञले दिए सुझाव

प्रकाशित मिति

२०८० बैशाख ३ गते, आईतवार ०४:५५

३ वैशाख २०८०, काठमाडौँ: देशका विभिन्न ठाउँमा डढेलाे लागेको कारण काठमाडौं विश्वकै बढी प्रदूषण हुने शहरमा पहिलो नम्बरमा पुगेपछि विज्ञहरूले आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । वायुको प्रदूषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यु एयरले काठमाडौंलाई संसारकै प्रदूषित शहरको सूचीको पहिलो स्थानमा राखेको हो ।

National Life

शनिबार साँझबाट काठमाडौं संसारमा नै बढी प्रदूषण भएको शहरमा पहिलो, दोस्रो र तेस्रो स्थानमा घटबढ भइरहेको छ। वायु प्रदूषणहरू बढीरहेकाले घरबाहिर सकेसम्म ननिस्किन र निस्कनै परे मास्कको अनिवार्य प्रयोग गर्न विज्ञहरूको सुझाव छ।


पछिल्लो समय वनमा लागेको डढेलो, भारतको उत्तर प्रदेशमा बालिएको गहुँको भुसको धुवाँको असर काठमाडौंसहित नेपालका विभिन्न शहरहरूमा परेको विज्ञहरूले बताएका छन् । जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले वागमती प्रदेश र वरपरको वनको आगलागीका कारण काठमाडौं प्रदुषित शहरमा पहिलो नम्बरमा परेको बताए। उनले प्रदूषण बढ्नुमा आगलागी र सडकको धुवाँधुलो प्रमुख कारण रहेको बताए। विज्ञ उप्रेतीले नेपालमा अहिले पश्चिमी वायुको प्रभाव कम रहेकाले पनि हावा वहन नपाएको र हावा नबहँदा उपत्कामा प्रदुषण बढेको बताए।

Classic Tech Mobile
Classic Tech Desktop

आजबाट नै पश्चिमी वायु नेपालमा प्रवेश गर्ने भए पनि प्रदुषण हट्न भने अझै केही दिन लाग्ने बताउँदै उनले अहिले विश्व स्वास्थ्य संगठन ९डब्ल्युएचओ० ले तोकेको भन्दा २२ गुणा बढी प्रदूषण काठमाडौंमा रहेको उनले उल्लेख गरे।


वायु प्रदूषणका कारण ब्लड प्रेसर बढ्ने, मुटुको समस्या, क्यान्सर लगायतका समस्याहरू बढ्दै गएको उनको भनाइ छ।

प्रतिकृया