• ३ असोज २०८३, शनिबार
  • ६ः५२ बेलुका

लिंकन युनिभर्सिटीको दीक्षान्त समारोह वैशाख १६ गते गोदावरी सनराइज सम्मेलन केन्द्रमा हुने

प्रकाशित मिति

२०७९ चैत्र १५ गते, बुधबार ०४:३०

१५ चैत्र २०७९, काठमाडौँ: लिंकन युनिभर्सिटी, मलेसियाबाट सम्बन्धन लिएर नेपालभर संचालित ११ वटा शिक्षणसंस्थाहरुबाट स्नातक र स्नातकोत्तर तहमा उत्तिर्ण विद्यार्थीहरुलाई दीक्षान्त समारोहमा उपाधि द्वारा दिक्षित गर्ने कार्यक्रम दीक्षान्त समारोह २०२३ २०८० वैशाख १६ गते गोदावरी सनराइज सम्मेलन केन्द्र, गोदावरी, ललितपुरमा हुन गइरहेको आज यस युनिभर्सिटीद्धारा प्रकाशित प्रेश विञप्तिमा बताइएको छ ।

National Life

मलेशियाको लिंकन युनिभर्सिटीसँग सम्बन्धन प्राप्त नेपालका विभिन्न ११ वटा शैक्षिक संस्थाका करिब १५०० विद्यार्थीले दीक्षान्त समारोहमा भाग लिनेछन् सेन्टर फर लिडरसिप एण्ड इन्टरप्रेन्योरसिप वाल्मीकि लिंकन कलेज, ग्रीन पिस लिंकन कलेज, केएफए बिजनेश स्कुल एण्ड आईटी, लिंकन इन्टरनेशनल कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, नेसनल कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्निकल साइन्स, नेपाल बिजनेस कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, पोखरा लिंकन इन्टरनेशनल कलेज, टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी र वेस्टर्न मेगा कलेज गरी कुल ११ वटा शैक्षिक संस्थाहरु लिकन युनिभर्सिटको संबन्धनमा नेपालभर संचालनमा छन् ।


लिंकन युनिभर्सिटी कलेज, फाइभ स्टार रेटेड युनिभर्सिटी र टाइम्स हायर एजुकेशन द्वारा इम्याक्ट रेटिङ अन्तर्गत गुणस्तर शिक्षामा ३५ औं स्थानमा रहेको छ । लिंकन युनिभर्सिटी कलेज सन् २०१३ देखि नेपालमा विश्वस्तरीय शैक्षिक कार्यक्रमहरू प्रदान गर्ने प्रमुख विदेशी विश्वविद्यालयहरूमध्ये एक हो । हाल विश्वविद्यालयले व्यवस्थापन, होटल व्यवस्थापन, कम्प्युटर विज्ञान र सूचना प्रविधिका संकायमा स्नातक र स्नातकोत्तर तहका शैक्षिक पाठ्यक्रमहरू अध्ययन अध्यापन गराउँदै आएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

दीक्षान्त समारोहमा सहभागिहुनको लागि विद्यार्थीहरुले अनलाइन पोर्टल (www.convocation.lucan.org.np) मार्फत आफनो सहभागिता मिति चैत १६ गते देखि चैत ३० गते सम्म दर्ता गर्न सक्छन् ।


विश्वविद्यालयको सम्बन्धनमा संचालित ११ वटा शिक्षणसंस्थाहरुको साझा संस्था लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल ९क्यान० का अध्यक्ष श्री रेश्टा झा का अनुसार विश्वविद्यालयले हाल सम्म चार वटा दीक्षान्त समारोह सम्पन्न गरी ४००० बढी बिद्यार्थीहरुलाई उपाधि द्वारा दिक्षित गरी सकेको र यस बर्षको दीक्षान्त समारोह मार्फत १५०० बढी विद्यार्थीहरु उपाधि द्वारा दिक्षित हुन गईरहेको जानकारी गराइन् । विद्यार्थी, अभिभावक, अतिथि शिक्षक, विश्वविद्यालय तथा शिक्षणसंस्थाका प्रतिनिधिहरु लगायतका ३००० बढी व्यक्तित्वहरु सम्मिलित यस दीक्षान्त समारोह २०२२ कार्यक्रम निजी शिक्षणसंस्थाहरुद्वारा गरीने एक उत्कृष्ट कार्यक्रम हुने छ ।

प्रतिकृया