• ४ साउन २०८३, सोमबार
  • १:३६ बिहान

कांग्रेसले टुंग्याए मन्त्रीको सूची, डा. प्रकाशशरण महत अर्थमन्त्री बन्ने निश्चित,

प्रकाशित मिति

२०७९ चैत्र १४ गते, मंगलवार ०२:१४

चैत १४, २०७९, काठमाडौँ: नेपाली कांग्रेसले सरकारमा पठाउने ८ जना मन्त्रीको नाम करिब टुंग्याएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारसम्म मन्त्रिपरिषद विस्तार गर्न तयारी थालेपछि कांग्रेसले पनि मन्त्रीको नाम करिब–करिब टुङ्गो लगाएको हो ।


कांग्रेसका एक पदाधिकारीका अनुसार अर्थ, परराष्ट्र, रक्षा, स्वास्थ्य तथा जनसङ्ख्या, उद्योग वाणिज्य तथा आपूर्ति, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण र बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय कांग्रेसले पाउने सम्भावना छ । तर सभापति देउवाले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमध्ये एउटामा दाबी राखेका छन् ।

Kamana Sewa

कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर अर्थमन्त्री डा. महतलाई बनाउन सिफारिस गरिसकेको उच्च स्रोतको दाबी छ। गठबन्धन दलको कर्मकाण्डी बैठकपछि प्रधानमन्त्री प्रचण्डले मन्त्रीपरिषद् बिस्तार गर्ने छन्। बैठक अपराह्न चार बजेलाई राखिएको छ। डा. महत यसअघि पनि मन्त्री भएका थिए। समानुपातिक सूचीबाट संसद भवन छिरेका महत प्रधानमन्त्री देउवा र उनकी पत्नी आरजु राणा निकट हुन्।

Classic Tech Desktop

सोमबार प्रधानमन्त्री प्रचण्डले कांग्रेसले ८, माओवादीले ५, जसपाले २, एकीकृत समाजवादीले २, लोसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले १–१ मन्त्रालय पाउने गरी प्रस्ताव राखेका थिए । बाँकी एक मन्त्रालय स्वतन्त्र सांसदका लागि छुट्याउने प्रधानमन्त्रीको प्रस्ताव छ  ।


तर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्तीमा ३ मन्त्रालयको अडान छाडेका छैनन् । आफ्नो पार्टीले राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखलगायतका कुनै पनि पद नपाएका भन्दै तीन मन्त्रालयमा एकीकृत समाजवादीको सशक्त दाबी छ । प्रधानमन्त्री प्रचण्डले देउवालाई कांग्रेसले पाउने सक्ने आठ वटा मन्त्रालय पनि सुनाएका थिए ।


माओवादी केन्द्रले गृह मन्त्रालय पाउने भएपछि देउवाको मुख्य ध्यान भौतिकमा छ । केन्द्रीय कार्यसम्पादन समिति बैठक रोकेर सभापति देउवा मन्त्रीको टुङ्गो लगाउन जुटेका हुन् । उनले सोमबार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग छलफल गरेका थिए । आठ मन्त्रालय मध्ये ६ वटामा आफ्नो समूहभित्रबाट मन्त्री बनाउने देउवाको तयारी छ । उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस सरकारको सहभागी हुने छ ।

प्रतिकृया