• १९ भदौ २०८३, शुक्रबार
  • २ः२२ राती

ग्लोबल आइएमई लघुवित्तद्वारा नगद लाभांश वितरण

प्रकाशित मिति

२०७९ चैत्र १४ गते, मंगलवार १२:३१

चैत १४, २०७९, काठमाडौँ: ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले यस वर्षको नगद लाभांश वितरण गरेको छ । कम्पनीले गत फागुन २४ गते सम्पन्न दशौं वार्षिक साधारण सभाबाट पारित कर समेत ८ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।


फागुन २८ गतेदेखि सम्बन्धित सेयरधनीहरूको बैंक खातामै नगद लाभांश वितरण गर्न सुरु गरेको कम्पनीले अनुरोध गरेको जनाएको छ । नगद लाभांश बैंक खातामार्फतनै वितरण गर्ने भएकाले हालसम्म पनि बैंक खाता नम्बर हितग्राही खातामा अद्यावधिक नगराएका सदस्यहरूलाई यथासिघ्र गराउँन कम्पनीले भनेको छ ।

Kamana Sewa

यस वर्ष कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी ५५ करोड २५ लाख ८९ हजारको आधारमा ८ प्रतिशत नगद लाभांशसँगै १२ प्रतिशत बोनस सेयरसमेत वितरण गर्ने प्रस्ताव सोही सभाबाट पारित गरेको थियो ।

Classic Tech Desktop

प्रतिकृया