• १९ भदौ २०८३, शुक्रबार
  • ९ः३७ राती

आज सुनको मूल्य घट्यो

प्रकाशित मिति

२०७९ चैत्र १४ गते, मंगलवार १२:२७

चैत १४, २०७९, काठमाडौँ: आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको छ । हिजो सोमबार तोलामा २०० ले घटेको सुनको मूल्य आज (मंगलबार) प्रतितोला १ हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८ हजार रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ५०० रुपैयाँ रहेको छ ।


त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३५५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रुपैयाँ घटेको छ ।

Kamana Sewa

प्रतिकृया