• ११ असोज २०८३, आइतबार
  • ७ः५२ बेलुका

कोशी प्रदेश सरकारले कोशी प्रदेश खारेजीको आन्दोलनका क्रममा घाइते भएर मृत्यु भएका लिम्बूका परिवारलाई राहतस्वरूप ३ लाख रुपैयाँ दिने

प्रकाशित मिति

२०७९ चैत्र १३ गते, सोमबार ०२:२७

१३ चैत्र २०७९, विराटनगर: कोशी प्रदेश खारेजीको आन्दोलनका क्रममा घाइते भएर मृत्यु भएका पदमबहादुर लिम्बूकाो परिवारलाई प्रदेश सरकारले राहतस्वरूप तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ। आइतबार विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न बैठकले मृतकको परिवारलाई ३ लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको हो।

National Life

साथै प्रदेश सरकारले मृतकका परिवारप्रति समवेदना पनि व्यक्त गरेकाे सरकारका प्रवक्ता एवंम कृषिमन्त्री भक्ति सिटौलाले जानकारी दिए । आजको बैठकले पाँचवटा विभिन्न शीर्षकमा निर्णय गरेको छ । कोशी प्रदेश खारेजीको माग गर्दै आएको संघर्ष समिति अन्तर्गत किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेनले आधिकारिक जानकारी आइनसकेको बताए ।


‘अहिलेसम्म सरकारले आधिकारिक जानकारी दिएको छैन। फेरि हाम्रो सन्दर्भ सरकारको निर्णयभन्दा पनि मागको सम्बोधन हुनुपर्छ भन्ने हो। हाम्रो एजेण्डाको सवालमा सरकार गम्भीर हुनुपर्‍याे’, अध्यक्ष येक्तेनले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

‘हामीले मृतक पदमजीलाई राष्ट्रिय सहिदका रूपमा घोषणा गरिनुपर्छ । यहाँ ३ लाख रुपैयाँको विषय होइन। कोशी प्रदेश खारेजी गर्दै सरकारले नामाकरणलाई ध्यान दिनुपर्छ । हाम्रो आन्दोलन जारी रहेको छ’, उनले थपे ।

प्रतिकृया