• ०५:४८ २०८० फाल्गुन १२ गते
  • 5:48 am

जसपाले गर्‍यो अन्सारीलाई समानुपातिक सांसदमा सिफारिस

प्रकाशित मिति

२०७९ चैत्र २ गते, बिहीबार ०३:०५

ansari

२ चैत्र २०७९, काठमाडौँ: जनता समाजवादी पार्टी (जसपा)ले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन आयोगसमक्ष सिफारिस गरेको छ ।


बिहीबार बालकुमारीमा बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकबाट अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । अन्सारी सप्तरी निवासी हुन् ।


जसपाकी सांसद शहनाज रहमानको निधन भएपछि प्रतिनिधिसभाको समानुपातिकतर्फ एक स्थान रिक्त छ । पार्टीबाट आयोगमा बुझाइएको बन्दसूचीको मुस्लिम क्लस्टरको दोस्रो स्थानमा मञ्जु अन्सारीकै नाम छ ।

प्रतिकृया