• 9:46 pm

पछिल्लो समय नेपाल टेलिकमका विभिन्न उपकरण र संरचनाहरुमा क्षतिपुगी सेवाप्रवाहमा समस्या बढ्याे

प्रकाशित मिति

२०७९ चैत्र १ गते, बुधबार ११:१३

चैत १, २०७९, काठमाडौँ : नेपाल टेलिकमले पछिल्लो समयमा देशका विभिन्न स्थानमा रहेका विभिन्न उपकरण र संरचनामा क्षति पु¥याउने र कम्पनीको सेवा प्रवाहमा अवरोध ल्याउने क्रम बढेको बताएकाे छ । यस्तो अवस्थाकै कारण निरन्तर सेवाप्रवाहमा समस्या आउने गरेको नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले बताएका हुन । हिजाे मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै यस्ताे हुने गरेकाे बताए ।


विज्ञप्तिमा यस्ता अवाञ्छित गतिविधिका कारण अत्यावश्यक सेवाको रुपमा रहेको दूरसञ्चार सेवा प्रयोग गर्न पाउने सर्व साधारणको नैसर्गिक अधिकारमा बाधा पुगि रहेको बताए ।


‘देशका विभिन्न स्थानमा विभिन्न उपकरण र संरचना प्रयोग गरी सेवा ग्राहीहरुलाई विविध प्रकारका दूरसञ्चार सेवाहरु उपलब्ध गराइ रहेको छ । कम्पनीका सेवा अविच्छिन्न रुपमा उपलब्धहुनका लागि ती उपकरण र संरचनाहरु चुस्त दुरुस्त अवस्थामा रहनु आवश्यक हुन्छ । यदि कुनै स्थानमा यसरी सेवा अवरुद्ध हुनेगरी अवाञ्छित कार्य गरिरहेको पाइएमा वा कम्पनीका संरचनाहरुमा क्षति पु¥याइएको भेटिएमा नजिकको कम्पनीको कार्यालय तथा नजिकको सुरक्षानिकायमा खबर गरेर सहयोग गरी सेवाको निरन्तरता सुनिश्चित गर्नु हुन नेपाल टेलिकम हार्दिक अनुरोध गर्दछ । ‘ग्राहक सेवामा प्रतिबद्ध’ र ‘राष्ट्रको सञ्चार’ को रुपमा रहेको नेपाल टेलिकमको सेवालाई आगामी दिनमा अझै गुणस्तरीय र भरपर्दो बनाउने कार्यमा सबैको सहयोग प्राप्तहुने कम्पनीको अपेक्षा छ।’

प्रेस विज्ञप्ति

प्रतिकृया