• १० असोज २०८३, शनिबार
  • १०ः५३ राती

जेठ १ गतेबाट बञ्चरेडाँडामा फाेहाेर फाल्न नदिने समितिकाे चेतावनी

प्रकाशित मिति

२०७९ चैत्र १ गते, बुधबार १०:२२

चैत १, २०७९, काठमाडौँ: बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सराेकार समितिले आगामी वर्ष २०८० जेठ १ गतेबाट बञ्चरेडाँडामा फाेहाेर फाल्न नदिने चेतावनी दिएकाे छ। बञ्चरेडाँडा ल्याण्डफिल साइटका कारणले नकारात्मक प्रभाव परेकाे र बारबार यसबारेमा सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराए पनि यस विषयमा जिम्मेवार हुन नसकेकाे पत्रमा उल्लेख गरिएकाे छ।

National Life

सराेकार समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालयमा निवेदन लेख्दै यस्ताे चेतावनी दिएकाे हाे। नागरिककाे स्वच्छ वातावरणमा बाँच्न पाउने माैलिक हक, अधिकार हनन गरेकाे र राज्यशक्ति दुरुपयाेग गरी उपत्यकाकाे समग्र फाेहाेर विसर्जन गरिरहने दुष्प्रयास जारी राखेकाले समितिले घाेर विराेध गरेकाे छ।


प्रभावित क्षेत्रमा मानवस्ती रहित क्षेत्र कायम गर्ने वा फाेहाेरमैला निषेधित क्षेत्र गर्ने भन्ने सन्दर्भमा सरकार तथा सम्बद्ध पक्षले २०८० वैशाख मसान्तभित्र सरकारकाे धारणासहित विश्वासयाेग्य कार्यान्वयन प्रक्रिया सुरु नगरे फाेहाेर लैजान पूर्ण रूपमा राेक लगाइने समितिले जनाएकाे छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया