• ४ साउन २०८३, सोमबार
  • ८:२९ बेलुका

नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभामुख घिमिरेले बधाई दिए

प्रकाशित मिति

२०७९ फाल्गुन २६ गते, शुक्रबार १२:३७

२६ फागुन २०७९, काठमाडौँ: सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । पौडेलको निजी निवास बोहोराटारमा भेटवार्ता भएको हो । सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई दिंदै सफल कार्यकालको शुभकामना व्यक्त गरेको सभामुखको सचिवालयले जनाएको छ ।


सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४६ औं सम्मेलनमा भाग लिन आफू बहराइन जान लागेको जानकारी पनि पौडेललाई गराएका थिए । सोही कारण आफू नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ ग्रहण समारोहमा उपस्थित हुन नसक्ने जानकारी पनि सभामुखले गराएका थिए ।

Kamana Sewa

प्रतिकृया