• १० असोज २०८३, शनिबार
  • १२ः१८ राती

विश्वकप लिग-२: नेपाल आज पिएनजीसँग भिड्ने

प्रकाशित मिति

२०७९ फाल्गुन १९ गते, शुक्रबार ०९:१७

१९ फागुन २०७९, काठमाडौँ: युएईमा जारी रहेको विश्वकप लिग-२ मा नेपाली टिमले शुक्रबार पपुवा न्युगिनी (पिएनजी)सँग तेस्रो खेल खेल्दै छ । त्रिकोणात्मक सिरिजअन्तर्गत आफ्नो पहिलो खेलमा पिएनजीलाई हराएको नेपाल दोस्रो खेलमा युएईसँग पराजित भएको थियो ।

National Life

नेपाल र पिएनजीबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार आज बिहान ११:४५ मा सुरु हुँदैछ । जारी विश्वकप लिग-२ का खेलमा नेपाल अहिलेसम्म पिएनजीसँग हारेको छैन। त्यसैले आज हुने खेलमा पनि नेपाल आफ्नो सोही लयलाई कायम राख्न चाहन्छ ।


२०१९ देखि जारी रहेको विश्वकप लिग टूको सिरिजमा नेपालको यो विदेशमा हुने अन्तिम त्रिकोणात्मक सिरिज पनि हो । नेपाल लिग अंक तालिकामा ३० खेलमा १३ मा जित र १५ हारसहित २८ अंकका साथ छैटौँ स्थानमा छ। पिएनजी ३० खेलमा ३ मा जित र २६ मा हारसहित ७ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया