• १० असोज २०८३, शनिबार
  • १२ः५५ राती

राष्ट्रपति निर्वाचन: बागमतीस्तरीय अभिमुखीकरण कार्यक्रम आज

प्रकाशित मिति

२०७९ फाल्गुन १९ गते, शुक्रबार ०९:२३

१९ फागुन २०७९, काठमाडौँ: राष्ट्रपति निर्वाचनका लागि आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई विजयी गराउन शुक्रबार बागमती प्रदेशसभाका सदस्यका लागि अभिमुखीकरण कार्यक्रम गरिने भएको छ।

National Life

यही फागुन २५ गते हुने निर्वाचनमा पूर्व सभामुख पौडेललाई विजयी गराउन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा अन्य राजनीतिक दलका प्रतिनिधिहरू रहेकाे ‘राष्ट्रपति निर्वाचन अभियान परिचालन र संयोजन संयन्त्र’ गठन गरिएको छ।


संयन्त्रको निर्णयबमोजिम बागमती प्रदेशका आठवटै राजनैतिक दलका प्रदेशसभा सदस्यका लागि आज दिउँसो १ बजे आनन्द इभेन्ट, नयाँ बानेश्वरमा अभिमुखीकरण कार्यक्रम गरिने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

Classic Tech Mobile
Classic Tech Desktop

यसबाहेक सबै प्रदेशमा सोहीअनुसारको राष्ट्रपति निर्वाचन केन्द्रित अभिमुखीकरण कार्यक्रम हुने कांग्रेसले जनाएको छ। यसअघि आठ दलले संघीय राजधानी काठमाडौँमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका आफ्ना सांसदका लागि शीर्ष नेताको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम गरेको थियो।

प्रतिकृया