• १९ भदौ २०८३, शुक्रबार
  • ९ः२६ बिहान

एनआईसी एशिया बैंकद्वारा फोन लोन सेवा शुभारम्भ

प्रकाशित मिति

२०७९ फाल्गुन १४ गते, आईतवार ११:५४

१४ फागुन २०७९, काठमाडौँ: एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी एनआईसी एशिया फोन लोन सेवा शुभारम्भ गरेको छ । विभिन्न डिजिटल च्यानलमार्फत गतिशील बैंकिङ्गको अभ्यास गर्दै आइरहेको सो बैंकले ग्राहक लक्षित योजना ल्याएको हो ।


बैंकले ल्याएको उक्त सेवाबाट ग्राहकहरूले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिकरुपमा उपस्थित नभई अधिकतम दुई लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्नेछन् । बैंकले ल्याएको यस नयाँ सेवाबाट ग्राहकहरूले एक महिनादेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन् ।

Kamana Sewa

यस बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा ग्राहकहरूले कर्जा सेवा उपभोग गर्न सक्ने छन् । मापदण्डबारे एपले नै स्वचालित रुपमा ग्राहक महानुभावको कर्जा प्राप्त गर्ने योग्यता मापन गरी सम्बन्धित ग्राहकले कर्जा प्राप्त गर्ने वा नगर्ने अवस्थाको निक्र्यौल गर्नेछ ।

Classic Tech Desktop

कर्जा लिन योग्य ग्राहकहरुको एनआईसी एशिया मो बैंक एपमा कर्जा आवेदन दिने विकल्प देखिने व्यवस्था बैंकले गरेको छ । कर्जा लिन योग्य ठहरिएका ग्राहकले एनआईसी एशिया मो बैंक मा लग इन गरी उल्लेखित एनआईसी एशिया फोन लोन आइकनमा ट्याब गरी दर्ता सम्पन्न गरी कर्जाको प्रक्रिया अगाडि बढाउन सक्नेछन् ।


‘डिजिटल फष्ट’ रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने हेतुले यस बैंकले पछिल्लो समय ग्राहकलाई जुनसुकै स्थानबाट, जुनसुकै समयमा बैंकिङ्ग सेवाहरू उपभोग गर्न मिल्ने हिसाबले सेल्फ हेल्प बैंकिङ्गको अभ्यासलाई एनआईसी एशियामा बैंक प्लेटफर्ममार्फत अघि बढाइरहेको छ ।


जसअनुसार ग्राहकले आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, रकम ट्रान्सफर, आन्तरिक रेमिटेन्स, मुद्दती निक्षेप खोल्न, बैंकका शाखा तथा एटिएमको स्थान, एनटिसी/एनसेल टपअप, युटिलीटी बिल भुक्तानी, शेयर आवेदन आदि जस्ता थुप्रै आकर्षक सुविधाहरू सहजरुपले लिन सक्नेछन् ।


एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ्ग सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । बैंकले मुलुकभर ३ सय ५९ शाखा कार्यालय, ४ सय ७३ एटिएम, १ सय ६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।


वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लामा पनि शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिकृया