• १७ भदौ २०८३, बुधबार
  • ३ः२४ दिउँसो

भक्तपुरबाट क्षयरोग मुक्त जिल्ला शुभारम्भ :प्रमुख कृष्णबहादुर मिजार

प्रकाशित मिति

२०७९ फाल्गुन १४ गते, आईतवार १२:०२

१४ फागुन २०७९, काठमाडाैं :  जनस्वास्थ्यको रुपमा रहेको क्षयरोगलाई सन् २०५० भित्र क्षयरोग मुक्त नेपाल बनाउने अभियान चलिरहेको अवस्थामा भक्तपुर जिल्ला अग्रणी स्थानमा रहेको बताउदै क्षयरोग मुक्त जिल्ला घोषणा गर्न चागुनारायण नगरपालिकाबाट शुभारम्भ भएको स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो ।


उक्त कुरा नेपाल क्षयरोग निवारण संस्था भक्तपुर शाखाको ४३ औं जिल्ला सभामा बोल्दै अब अरु ३ वटा नगरपालिकामा पनि बिस्तारै घोषणा गर्दै जाने प्रतिवद्धता जनाउनुभयो । क्षयरोग मुक्त जिल्ला बनाउनमा नेपाल क्षयरोग निवारण संस्था भक्तपुर शाखाको ठूलो योगदान रहेकोमा जोड दिनुभयो ।

Kamana Sewa

कार्यक्रममा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरका योजना प्रमुख दिपक दाहालले भक्तपुर जिल्लालाई क्षयरोग मुक्त जिल्ला बनाउन नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको ठूलो भूमि रहेको छ त्यसकारण राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रस“गको समधर सम्बन्ध रहेको बताउनुभयो । उहाँले संस्थाले गरेको गतिविधिलाई उच्च मूल्यांकन गर्दै केन्द्रसँगको सहकार्यता निरन्तर रहने प्रतिवद्धता जनाउनुभयो ।

Classic Tech Desktop

संस्थाका सभापति पुष्पलाल तिमिलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेश सांसद् डा. राजेन्द्रमान श्रेष्ठले कार्यक्रमलाई उद्घाटन गर्दै विगतको भन्दा संस्था राम्रो कार्यक्रम गरेकोमा खुशी व्यक्त गर्दै हरहमेशन साथ र सहयोग रहने बचनबद्धता दिनुभयो । कार्यक्रममा नवनिर्वाचित माननीय डा. राजेन्द्रमान श्रेष्ठलाई संस्थाको तर्फबाट बधाई तथा सम्मान गरिएको थियो । कार्यक्रममा क्षयरोग निवारणमा निरन्तर लाग्नु भएको ल्याव टेक्निसियन योगिता खनाललाई संस्थाले सम्मान गर्नुभयो ।


संस्थाका सचिव सुमन श्रेष्ठले संचालन गर्नुभएको उक्त कार्यक्रम सचिव सुमन श्रेष्ठ र कोषाध्यक्ष कोषाध्यक्ष्ँ रत्नलाल सांदले प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन माथि छलफल गरी पारित गरियो । कार्यक्रममा संस्था सदस्य विजय कर्माचार्यले स्वागत गर्नु भएको थियो ।

प्रतिकृया