• १० असोज २०८३, शनिबार
  • ३ः१४ राती

एट्लेटिको मड्रिडसँग रियलको बराबरी

प्रकाशित मिति

२०७९ फाल्गुन १४ गते, आईतवार ११:३६

१४ फागुन २०७९, काठमाडौँ: स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा रियलले एट्लेटिको मड्रिडसँग १-१ गोलको बराबरी खेलेको हो ।

National Life

७८ औं मिनेटमा जोसे मारिया जिमिनेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । खेलको ६४ औं मिनेटमा एन्जल कोर्रेयाले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटियो ।


त्यसपछि खेलको ८५ औं मिनेटमा अल्भारो रोड्रिगेजले गोल गर्दै रियललाई १-१ गोलको बराबरीमा फर्काएर हारबाट जोगाए । यस बराबरीसँगै रियलले २३ खेलमा ५२ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ । एट्लेटिको ४२ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया