• १२:१८ २०८० चैत्र १६ गते
  • 12:18 pm

‘हेरा फेरी ४’मा सञ्जय दत्तको प्रवेश

प्रकाशित मिति

२०७९ फाल्गुन १४ गते, आईतवार ११:२८

sanjay

१४ फागुन २०७९, काठमाडौँ: अक्षय कुमार, सुनिल शेट्टी र परेश रावल स्टारर फिल्म ‘हेरा फेरी ४’मा सञ्जय दत्तको प्रवेश भएको छ।


फिल्ममा सञ्जय दत्त नकारात्मक भूमिकामा देखिने बताइएको छ। बलिउड सञ्चारमाध्यमका अनुसार एक स्रोतलाई उद्धृत गर्दै सञ्जय दत्तले फिल्म साइन गरेको लेखिएको छ। उनको क्यारेक्टर दृष्टिबिहीन र केही अनौठो किसिमको हुने बताइएको छ।


स्रोतलाई उद्धृत गर्दै थप भनिएको छ, ‘सञ्जय दत्त कमेडीमा उत्कृष्ट छन् र ‘हेरा फेरी’ का निर्माताहरूलाई लाग्छ कि उनी खलनायकको भूमिकामा उत्कृष्ट व्यक्ति हुन्। उनको कास्टिङले फिल्मको ब्रान्ड भ्यालु बढाउनेछ।’

प्रतिकृया