• १० असोज २०८३, शनिबार
  • ५ः३७ बिहान

प्रधानमन्त्री प्रचण्ड गोरखा जाँदै, २ वटा कार्यक्रममा सहभागी हुन

प्रकाशित मिति

२०७९ फाल्गुन १४ गते, आईतवार ११:१७

१४ फागुन २०७९, काठमाडाैं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै छन्। गोरखामा हुने २ वटा कार्यक्रममा सहभागी हुन प्रचण्ड बिहान ११ बजे त्यसतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ। प्रधानमन्त्री प्रचण्ड बारपाक सुलिकोट गाउँपालिकामा आयोजित दिलबहादुर रम्तेलको स्मृति सभा, ’सहिद’ परिवारलाई सम्मानलगायत कार्यक्रमा सहभागी हुने प्रेस संयोजक सूर्य किरण शर्माले जानकारी दिए।

National Life

त्यस्तै दिउँसो १ बजे पालुङटार नगरपालिमा मतदाता तथा कार्यकर्ता भेटघाट कार्यक्रम रहेको नगरप्रमुख विवश चिन्तनले बताए। माओवादी अध्यक्ष समेत रहेका प्रचण्ड गत मंसिर ४ मा प्रचण्ड गोरखा २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

प्रतिकृया