• ३१ भदौ २०८३, बुधबार
  • ७ः०७ बेलुका

राष्ट्रपति निर्वाचनका लागि आयोगले आज मतदाता नामावली प्रकाशन गर्ने

प्रकाशित मिति

२०७९ फाल्गुन १० गते, बुधबार १०:२५

१० फागुन २०७९, काठमाडौँ : राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले आज बुधबार मतदाता नामावली प्रकाशन गर्ने भएको छ । निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ ।राष्ट्रपति निर्वाचनमा संघीय संसद् अन्तर्गतका प्रतिनिधिसभा र राष्ट्रियसभा र प्रदेशसभाका सांसद मतदाता हुन्छन्। जसअनुसार सातै प्रदेशका प्रदेशसभा सचिवालयले मतदाताहरूको सूची पठाइसकेका छन्।

National Life

आगामी २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनका लागि मतदान अधिकृतको रूपमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेललाई तोकिएको छ। १३ फागुनमा उम्मेदवारी दर्ता गर्न राजनीतिक दललाई आयोगले जानकारी गराइसकेको छ।


आयोगका अनुसार नयाँ बानेश्वरस्थित संघीय संसद् भवन परिसरमा राष्ट्रपति निर्वाचनका लागि हुने मतदानका लागि सोही स्थानमा दुईवटा मतदान केन्द्र हुनेछन्।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया