• १४ असोज २०८३, बुधबार
  • ५ः१५ बिहान

देउवाद्धारा ग्याल्पो ल्होसारको शुभ–कामना

प्रकाशित मिति

२०७९ फाल्गुन ९ गते, मंगलवार १२:५९

९ फागुन २०७९, काठमाडौँ: नेपाली कांग्रेसका अध्यक्ष शेर बहादुर देउवाले ग्याल्पो ल्होसारको उपलक्ष्यमा शुभकामना व्यक्त गरेका छन् । उनको सन्देशमा भनिएको छ, “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिपूर्ण एक सुन्दर देश हो । यहाँ विभिन्न जातजातिका आ–आफ्नै विशिष्ट परम्परा, रहनसहन, रितिरिवाज र चाडपर्वहरु छन् । यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ । यी चाडपर्व मध्ये नेपालका आदिवासी शेर्पा लगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायले मनाउने ग्याल्पो ल्होसार (नयाँ वर्ष) पनि एक महत्वपूर्ण पर्व हो ।”

National Life

सन्देशमा अगाडि लेखिएको छ, “लोकतन्त्रमा मात्र सबै जात–जाति, सबै भाषा–भाषी तथा सबै धर्म र संस्कृतिले समान अवसर पाउँछन् । सम्पूर्ण सांस्कृतिक धरोहरको रक्षा गर्र्दै भावी पुस्ताहरुका लागि पनि जीवन्त राख्नु हामी सबैको दायित्व र जिम्मेवारी हो ।”


उनले यो ल्होसार — नयाँ वर्ष सम्पूर्ण नेपालीहरुका निमित्त सुख, शान्ति र समुन्नतिको वर्ष बनोस् भनि शुभकामना व्यक्त गरेका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया