• १० असोज २०८३, शनिबार
  • १०ः१९ राती

राष्ट्रपतिको उम्मेदवार बन्न माधव नेपाललाई ओलीको प्रस्ताव

प्रकाशित मिति

२०७९ फाल्गुन ९ गते, मंगलवार १०:५५

९ फागुन २०७९, काठमाडौँ: नेकपा माओवादी केन्द्रले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई सघाउन सक्ने आँकलन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका छन् ।

National Life

महाराजगन्जस्थित एक घरमा भएको चार घण्टा लामो वार्तामा ओलीले एकीकृत समाजवादी एमालेमा समाहित गर्न र राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरेका हुन् ।


माओवादी केन्द्रले राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने अझै स्पष्ट भइनसकेको अवस्थामा एमालेले नेकपा एससँग छलफल थालेको हो । राष्ट्रपति निर्वाचनमा निर्णायक शक्ति रहेको माओवादीले एमालेसँग भएको सत्ता साझेदारीको परिस्थिति बदलिएको निष्कर्षसहित स्वार्थ मिल्नेसँग राष्ट्रपति निर्वाचनमा सहकार्य गर्ने निर्णय लिएपछि एमाले नेकपा एस सँग छलफलमा गएको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

कांग्रेसलाई राष्ट्रपतिमा समर्थन गर्नुअघि माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकाल कम्तीमा चार वर्ष पु-याउने लिखित सहमति खोजेका चर्चा चलिरहेको छ। माओवादीबाट साथ नपाइने बुझेपछि एमाले अध्यक्ष ओलीले पनि आफ्नो पक्षबाट राष्ट्रपति बनाउने प्रयास जारी राखेका छन् । ओलीसँगको भेटपछि अध्यक्ष नेपालले सोमबार प्रधानमन्त्री प्रचण्डलाई भेटेर जानकारी प्रधानमन्त्री निकट एक नेताले बताए ।


उता कांग्रेसले भने उम्मेदवार टुङ्गो लगाएको छैन । कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेलको चर्चा बढेका वेला सभापति शेरबहादुर देउवालाई नै राष्ट्रपतिमा अघि सार्न दबाब दिएका छन् ।

प्रतिकृया