• ५ साउन २०८३, मंगलबार
  • १०:३४ बिहान

माओवादीले बोलायो पदाधिकारी बैठक, राष्ट्रपतिका विषयमा छलफल

प्रकाशित मिति

२०७९ फाल्गुन ८ गते, सोमबार ०९:१७

८ फागुन २०७९, काठमाडौँ: नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । दिउसो साढे ४ बजे माओवादीको पार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो ।


सो पार्टीका कोषाध्यक्ष श्रीराम ढकालले दिएको जानकारीअनुसार दिउसो साढे ४ बजे बैठक बोलाइएको छ । बैठकमा राष्ट्रपति उमेदवारका विषयमा कुराकानी हुने भएको छ । यसअघि आइतबार राति कांग्रेस र माओवादी केन्द्रका नेताहरुबीच कुराकानी भएको थियो ।

Kamana Sewa

सो बैठकमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको बैठक राखेर निर्णय गरिने आश्वासन दिएका थिए ।

Classic Tech Desktop

प्रतिकृया