• ११ असोज २०८३, आइतबार
  • १२ः०८ राती

अनेरास्ववियु २३औँ राष्ट्रिय महाधिवेशन आज पनि जारी, निर्वाचन प्रक्रिया सुरु हुने

प्रकाशित मिति

२०७९ फाल्गुन ३ गते, बुधबार १०:३९

३ फागुन, २०७९, काठमाडौँ: नेकपा एमाले निकट अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशन आज पनि जारी छ। अनेरास्ववियुका महासचिव समिक बडालका अनुसार बन्दसत्र सकिएपछि आजैदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ। बन्दसत्र सञ्चालनका लागि एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालको अध्यक्षमा नौ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ।

National Life

अध्यक्षमण्डलका सदस्यमा विनोद ढकाल, खिमलाल भट्टराई, रचना खड्का, माधव ढुङ्गेल, किशोरविक्रम मल्ल, नवीना लामा, ऐन महर र सुनिता बराल रहेका छन्। अध्यक्षमण्डलले सहमतिको प्रयास गर्ने र सहमति नभए निर्वाचन प्रक्रियामार्फत् नयाँ नेतृत्व चयन गराउने छ।


महाधिवेशनले आगामी दुई वर्षका लागि एक सय ९९ सदस्यीय केन्द्रीय कमिटी, १७ पदाधिकारी र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) निर्वाचित गर्ने छ। महाविधेशनमा एक हजार पाँच सय ७३ प्रतिनिधि सहभागी छन्। नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष मोती विक, झविन्द्र खत्री र महासचिव वडाल दाबेदार रहेको बताइएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया