• १२ असोज २०८३, सोमबार
  • १ः५६ राती

सार्वजनिक सुनुवाइ गर्दै कामपा

प्रकाशित मिति

२०७९ फाल्गुन ३ गते, बुधबार ०९:०३

३ फागुन, २०७९, काठमाडौँ: काठमाडौं महानगरपालिकाको सार्वजनिक सुनुवाइ गर्ने भएको छ । काठमाडौं महानगरपालिका कार्यालयले महानगरको चालू आर्थिक वर्षको हालसम्म भए/गरेका विकास निर्माण, कार्यालयसँग सम्बन्धित गुनासा तथा समस्या, सेवा प्रवाहलागायत विषयमा सुनुवाइ गर्न लागेको हो । फागुन १९ गते दिउँसो ३ बजे महानगरको कार्यालय, राष्ट्रिय सभागृहको हलमा सुनुवाइ हुने महानगरले जनाएको छ ।

National Life

सार्वजनिक सुनुवाइमा काठमाडौं महानगरपालिका क्षेत्रभित्र क्रियाशील उपभोक्ता समिति, टोल सुधार समिति, क्लब, गैरसरकारी संस्थाका प्रतिनिधि, सामाजिक अगुवा, राजनीतिक दलका प्रतिनिधि, महिला, आदिवासी, जनजाति, अपांगता भएका व्यक्ति, दलित, ज्येठ नागरिक, पछाडि परेका वर्गलगायत सरोकारवाला पक्षलाई सहभागी हुन महानगरले आग्रह गरेको छ ।


पछिल्लो समय मेयर बालेन (बालेन्द्र) शाहले भत्काउने मात्रै काम गरेको तर निर्माण नगरेको भन्दै उनको आलोचना हुने गरेको छ । अध्ययननै नगरी काम सुरु गर्ने र विरोध हुन थालेपछि बिचैमा काम अलपत्र छाड्ने गरेको गुनासो चौतर्फी रूपमा उठिरहेको छ । सञ्चारमाध्यमलाई जवाफ नदिएको भन्दै मेयर बालेन गैरजिम्मेवार बनेको भन्दै उनको चर्को टिप्पणी हुँदै आएको छ । जनताको गुनासो र प्रश्नको जवाफ मेयरले दिनु पर्दैन भन्दै उनको आलोचना हुने गरेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

निर्वाचनमा उनलाई साथ दिएकाहरु नै पछिल्लो समय बालेन गैरजिम्मेवार बनेको भन्दै उनीविरुद्ध अभिव्यक्ति दिन थालेका छन् ।

प्रतिकृया