• ९ असोज २०८३, शुक्रबार
  • ११ः१५ राती

नामिबियाद्वारा नेपाललाई २८६ रनको उच्च लक्ष्य प्रस्तुत

प्रकाशित मिति

२०७९ फाल्गुन २ गते, मंगलवार ०१:४५

२ फागुन २०७९, काठमाडौँ: आइसिसी विश्वकप लिग-२ अन्तर्गत मंगलबारबाट सुरु भएको त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २८६ रनको उच्च लक्ष्य दिएको छ । जारी विश्वकप लिग-२ मा नेपालले कुनै पनि टिमबाट पाएको यो सर्वाधिक ठूलो लक्ष्य हो । यसअघि नामिबियाले नै नेपाललाई गत ७ डिसेम्बरमा भएको खेलमा २७५ रनको लक्ष्य दिएको थियो ।

National Life

नामिबियाले टस हारेर पहिलो ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा अलआउट हुँदै २८५ रन बनाएको थियो। नामिबियाका लागि माइकल भान लिंगेनले आफ्नो एकदिवसीय करिअरकै उच्च रन बनाउँदै शतकीय इनिङ खेलेका थिए।


उनले घरेलु टोली विरुद्ध १३३ रन बनाए। जुन जारी विश्वकप लिग २ मा कुनै पनि ब्याटरले प्रहार गरेको सर्वाधिक दोस्रो धेरै रन हो । विश्वकप लिग-२ मा सर्वाधिक रनको कीर्तिमान भने नामिबियाकै जिन पिएरेर कोटेजका नाममा रहेको छ। उनले युएसएविरुद्ध १३६ रन प्रहार गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

नामिबियाका लागि थप स्कोरका रूपमा कप्तान गेर्हाड एरासमुसले ५६ रनको अर्धशतकीय इनिङ खेल्दा जने ग्रिनले ३४ रन बनाए। नेपालका लागि करण केसीले ५ विकेट लिँदा सन्दीप लामिछानेले ३ विकेट लिएका थिए ।


तर नेपाली बलरले सुरुवाती विकेट लिन नसक्दा नेपालले उच्च स्कोरको लक्ष्य पाएको हो ।

प्रतिकृया