• १० असोज २०८३, शनिबार
  • १२ः४१ राती

आत्मनिर्भरको आइपीओ भर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०७९ फाल्गुन २ गते, मंगलवार ०१:३८

२ फागुन २०७९, काठमाडौँ: आत्मनिर्भर लघुवित्तको आइपीओ भर्ने फागुन २ गते मंगलबार अन्तिम दिन रहेको छ । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ। कम्पनीले माघ १६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री खुला गरेको छ ।

National Life

लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५% ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १०% अर्थात् २० हजार ३३८ कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको हो ।


यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया