• १५ भदौ २०८३, मंगलबार
  • १२:०५ बेलुका

भारतीय विदेशसचिव क्वात्रा आज नेपाल आउँदै

प्रकाशित मिति

२०७९ फाल्गुन १ गते, सोमबार ०९:०४

१ फागुन, २०७९, काठमाडौँ: परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा भारतका विदेशसचिव विनयमोहन क्वात्रा आज नेपाल भ्रमणमा आउँदै छन्। उनले फागुन १ देखि २ गते (फेब्रुअरी १३ देखि १४ तारिख) सम्म नेपालको औपचारिक भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।


विदेश सचिव क्वात्रा आज बिहान काठमाडौं आइपुग्ने नेपालस्थित भारतीय दूतावासले जनाएको छ। भ्रमणका क्रममा सचिवद्वय पौड्याल र क्वात्राले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे छलफल गर्नेछन्। सो अवसरमा कनेक्टिभिटी, ऊर्जा व्यापार, कृषि, स्वास्थ्य, संस्कृतिलगायत द्विपक्षीय सहयोगका विविध विषयमा छलफल हुने मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

Kamana Sewa

विदेश सचिवको कार्यभार सम्हालेपछिको यो उनको पहिलो नेपाल भ्रमण हो। दुई देशबीचको नियमित उच्चस्तरीय भेटवार्ताको परम्परा र भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकताअनुरुप यो भ्रमण हुन लागेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारत र नेपालबीच सभ्यतागत एवं ऐतिहासिक सम्बन्ध रहेको छ।

Classic Tech Desktop

यसबीच भारतको सहयोगमा सम्पन्न भएका विभिन्न पूर्वाधार तथा सीमापार कनेक्टिभिटी परियोजनाले दुई देशबीचको द्विपक्षीय सहकार्य झन् बलियो भएको छ। यो भ्रमणले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप प्रगाढ बढाउन अवसर प्रदान गर्ने विश्वास गरिएको छ। यो समाचार आजको द नेपालटपमा छ

प्रतिकृया