• १५ भदौ २०८३, मंगलबार
  • ११:३० बिहान

दरबारमार्गमा अर्गानिक रेस्ट्रो बार संचालनमा

प्रकाशित मिति

२०७९ माघ २९ गते, आईतवार ०५:३१

२९ माघ २०७९, काठमाडौँ: अर्गानिक खानाको परिकारका पारखीहरुलाई लक्षित गर्दै दरबारमार्गमा अर्गानिक रेस्ट्रो बार खुलेको छ । प्रमुख अतिथि नेपाल फिल्म सोसाईटीका अध्यक्ष बिशिष्ठ नायक तथा कलाकार कृष्ण मल्लको प्रमुख आतिथ्यतामा रिवन काटेर उद्घाटन गरिएको कार्यक्रममा चर्चित कलाकार जितु नेपाल, चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, द्वन्द कलाकार संघका अध्यक्ष नारायण प्रधान, बरिष्ठ कलाकार मोहन निरौला, पुरन जोशी, निर्माता मोहन कृष्ण श्रेष्ठ, कलाकार राजेश बिशुराल, गायक शंकरलाल श्रेष्ठ, संचारकर्मी तथा कलाकार सुर्य चन्द, निर्देशक बिधान कार्की, नायक संजय खतिवडा लगायतका बिशिष्ठ कलाकारहरु, समाजसेवीहरुको बाक्लो उपस्थिति रहेको थियो।


दरबारमार्ग बाटा सोरुमको माथिल्लो तल्लामा पारिवारिक बाताबरणमा खुलेको “अर्गानिक रेस्ट्रो बार” खानाको पारखीहरुको लागि अर्गानिक, स्वादिष्ट, हाइजेनिक अन्तराष्ट्रिय स्तरको खानाहरुको गन्तब्य बनेको छ। स्वेदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा ल्याईएको छ।

Kamana Sewa

बिहान १० बजे देखि रातिको २ बजे सम्म सेवा प्रदान गरिने उक्त अर्गानिक रेस्ट्रो बारमा अन्तराष्ट्रिय स्तरको विभिन्न ड्रिंक्सको साथमा कक्टेलको मिश्रण पनि भेटिन्छ । अर्गानिक तथा हाईजेनिक खानाका परिकार मात्रै नभई हरेक दिन फरक फरक खालको स्वादिष्ट परिकारको स्वाद लिन सकिने अर्गानिक रेस्ट्रो बारकि संचालक शितल श्रेष्ठले बताईन। रेष्टुरेन्टमा फरक फरक स्वादका खानाका मेनुहरु रहेका छन् ग्राहकहरुको स्वादलाइ ध्यानमा राखेर उनीहरुको मागलाइ उच्च प्राथमिकता दिएर सेवा सुबिधा प्रदान गरिने भएको छ ।

Classic Tech Desktop

अन्तराष्ट्रिय स्तरको रेष्टुरेन्ट एण्ड बार नेपालमा संचालनमा ल्याएर विभिन्न परिकारका शुद्द अर्गानिक खाना तथा ड्रिंक्सका पारखीहरुलाई फरक स्वाद चखाउने उदेश्यले संचालनमा ल्याएको यस रेष्टुरेन्टमा पारिवारिक तथा रमाइलो बाताबरणमा सेवा सुबिधा लिन सकिन्छ। अर्गानिक चुलो सिनामंगलमा रहेको र ग्राहकहरुको बढ्दो मागलाई ध्यानमा राखी त्यसको ब्रान्चको रुपमा दरबारमार्गमा खोलिएको युवा व्यवसायी शितल श्रेष्ठ बताउछिन।

प्रतिकृया