विवेकशील साझाको अध्यक्ष समीक्षा बाँस्कोटा, रञ्जु दर्शना महासचिव
प्रकाशित मिति
२०७९ माघ २९ गते, आईतवार ०८:५४
२९ माघ, २०७९, काठमाडौँ: विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा चयन भएकी छन् । शुक्रबार र शनिबार चलेको महाधिवेशनले बाँस्कोटालाई सर्वसम्मत अध्यक्ष चयन गरेको निर्वाचन समितिका संयोजक केशव दाहालले जानकारी दिए। त्यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी पनि सर्वसम्मत चयन भएका छन्।
महासचिवमा रञ्जु दर्शना, सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल पनि सर्वसम्मत चुनिएका संयोजक दाहालले जानकारी दिए।

विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ। जसमध्ये सात प्रदेशबाट समावेशी सिद्धान्तका आधारमा चयन हुने २–२ जना, महिला ५ जना जनसंगठनबाट चयन हुने २ जना गरी २१ जना चयनका लागि शनिबार नै निर्वाचन हुनेछ ।

बाँकी २१ जनामध्ये ८ जना अहिलेलाई खाली राख्ने र १३ जना केन्द्रीय समितिले पछि मनोनित गर्ने बताइएको छ । हिंजोको नेपालटप दैनिकमा खबर छ ।




प्रतिकृया